www.tandavnews.com
Fact ~ In search of truth

२४ घण्टामा संक्रमणबाट ७ जनाको मृत्यु, १ हजार ८९३ जना डिस्चार्ज

पोखरा ।

पछिल्लो २४ घण्टामा देशमा १ हजार ८९३ जना डिस्चार्ज भएका छन् । भने १ हजार १७२ जना संक्रमित थपिएका छन् ।

२४ घण्टामा नौ हजार चार सय ९७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार एक सय ७२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

Batas

यो सँगै नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ६७ हजार आठ सय चार पुगेको छ ।२४ घण्टामा एक हजार आठ सय ९३ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ४९ हजार नौ सय ५४ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा सात जनाको संक्रमणबाट मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट ज्यान जानेको संख्या चार सय ३६ पुगेको मन्त्रालयले जनाएको ।

अब नेपालमा १७ हजार चार सय ११ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै मन्त्रालयको अनुसार सात हजार एक सय चार जना क्वरेण्टीनमा रहेका छन्।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.