www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा आज हालसम्म थपिए ५६ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा आज हालसम्म ५६ संक्रमित थपिएका छन् ।

Batas

जसमध्ये कास्कीका मात्रै १४ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । कास्की पोखरा महानगरपालिका वडा नम्बर ८ का ३, १४ र ११ का दुई/दुई, १०का दुई,२० का २, १५का २,१७ र २७ का एक÷एक जना रहेका छन् भने अन्नपुर्ण गाउँपालिकाका एक जना रहेका छन् ।

यस्तै स्याङजाका ६, तनहुँका १५, बागलुङका १०, पर्वतका ४, नवलपरासीका १, म्याग्दीका १ र लमजुङका ५ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये पर्वत कुश्मा नगरपालिकाका ३ जना पुरुष आर्मी रहेका छन् ।

यता स्याङ्जा विरुवाका ३० वर्षीय पुरुष शिक्षक रहेका छन् । भने तनहुँ ब्यास –१० का ४८ वर्षीय पुरुक्ष विद्युत कार्यालयमा कार्यरत रहेका छन । अन्य सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.