www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जामा पहिरोले पुरिदाँ दुईको मृत्यु, आठ बेपत्ता

पोखरा,
ताण्डव न्यूज ।

स्याङ्जामा घर माथिबाट खसेको पहिरोमा पुरिदाँ दुई जनाको ज्यान गएको छ ।

आज राती अन्दाजी २ बजेर ५० मिनेटको समयमा स्याङ्जा जिल्ला कालिगण्डकी गाउँपालिका ४ गौतमडाँडामा घरमाथिबाट पहिरो खस्दा विष्णु दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ।

Batas

यस्तै स्याङ्जा वालिङ नगरपालिका १४ तमादिमा पनि पहिरोले घर पुरिदाँ एक जनाको मृत्यु भएको छ । उनको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । एक जनाको जिवितै उद्धार गरि उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाएको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भिर रहेको बताइएको छ।

तमादि बस्ने माया नेपालीको घरमाथिबाट पहिरो खसेको हो । घरमा १० जना रहेको बताइएको छ । अन्य आठ जनाको खोजी तथा उद्धार भईरहेको प्रहरीले जनाएको छ । पहिरोले नेपालीको घर र गोठ पुरिएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.