www.tandavnews.com
Fact ~ In search of truth

दुई वर्षभित्र बृद्धभत्ता पाँच हजार पुग्छ: प्रदेशसभा सदस्य थापा

पोखरा ।

नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले दुई वर्षभित्र बृद्धभत्ता पाँच हजार पुग्ने बताएका छन ।

पोखरा महानगरपालिका वडा नं १७ सितापाईलास्थित पोखरा बृद्धाश्रमको २४ औं वार्षिक साधारणसभा तथा विशेष अधिवेशनको हिजो(बुधबार) उद्घाटन गर्दै उनले सरकारले जेष्ठ नागरिकलाई सार्वजनिक यातायात सुविधासहित निःशुल्क स्वास्थ्य उपचारको नीति लिएको बताए।

Batas

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण मुलुकमा परेको अप्ठेरो परिस्थितीका कारण यस वर्षमा बृद्धभत्तामा केही बृद्धि गरे पनि लक्ष्यमा पुग्न नसकेको उनको भनाइ छ ।

जेष्ठ नागरिकले प्राप्त गर्ने सेवा सुविधामा वर्तमान सरकारले कुनै किसिमको कन्जुस्याई नगर्नेमा बताउँदै थापाले सामाजिक सुरक्षाका हरेक विषयलाई उच्च प्राथमिकताका साथ अघि बढाएको धारणा राखे । तीनै तहका सरकारले सामाजिक न्यायसहित विकास निर्माणलाई अघि बढाएको बताउँदै थापाले त्यसको प्रतिफल देखिन समय लाग्ने बताए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.