www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जा (अपडेट) : पहिरोमा परि एकै परिवारका ९ जनाको मृत्यु  

पोखरा,

ताण्डव न्यूज ।

स्याङ्जा पहिरोमा परी एकै परिवारका ९ जनाको मृत्यु भएको  छ । आज बिहान ६ बजेको समयमा घरमाथीबाट खसेको पहिरोले घर पुरिदाँ एकै घरका ९ जनाले ज्यान गुमाएका हुन् ।

मृतक मध्ये ८ जनाको पहिचान खुलेको छ । स्याङ्जा वालिङ नगरपालिका–१४ तमादि बस्ने माया नेपालीको घर माथिबाट खसेको पहिरोमा परि अन्दाजी २७ वर्षीया उमाकला नेपाली, ४८ वर्षीय  माया नेपाली, वर्ष ३० का दिपक नेपाली, वर्ष ६० की सानी नेपाली, वर्ष ९ को बिवश नेपाली, वर्ष १४ का बिक्रम नेपाली, वर्ष १९ की बिनिता नेपाली, वर्ष २१ का कुलदिप नेपाली, र अन्दाजी  ६।७ महिनाको बालक ( नाम नखुलेको ) को मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको  छ ।

अन्दाजी १६ कि मनिषा नेपालीलाई जिवितै उद्धार गरी उपचारका लागि पोखरा ल्याएको छ उनको अवस्था गम्भिर रहेको बताइएको छ ।

स्याङ्जा कै अर्को ठाउँ कालिगण्डकी गाउँपालिका ४ गौतमडाँडामा घरमाथिबाट पहिरो खस्दा विष्णु दमाईको मृत्यु भएको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.