www.tandavnews.com
Fact ~ In search of truth

पछिल्लो २४ घण्टामा १७ संक्रमितको मृत्यु

पोखरा ।

पछिल्ला २४ घण्टामा कोरोनाबाट १७ संक्रमितको मृत्यु भएको छ । संक्रमणबाट १७ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४९७ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् । यस्तै आज ४५७ संक्रमित डिस्चार्ज भएका छन्

Batas

यसअघि बुधाबार ७ जनाको मृत्यु भएको थियो । १ हजार १७२ नयाँ संक्रमित थपिएका थिए । १ हजार ८९३ जनाले कोरोना जितेका थिए ।बिहीबारसम्म ५० हजार ४११ जना कोरोनामुक्त भएका छन् ।भने कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

यस्तै, ९ हजार ८ सय २३ जना होम आइसोलेसनमा रहेका छन् । मुलुकभर सक्रिय कोरोना संक्रमिको संख्या १८ हजार ४ सय ३७ जना रहेको मन्त्रालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.