www.tandavnews.com
Fact ~ In search of truth

नयाँ यामाहा रे जेडआर १२५ एफआई पोखरामा सार्वजनिक

पोखरा,
ताण्डव न्यूज ।

नेपालको लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता भी.ए.डब्लु इन्टरप्राइजेज प्रा.ली.ले यामाहा जेडआर स्ट्रीट १२५ एफआई स्कुटर पोखरामा सार्वजनिक गरेको छ ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र हिमालयन रोडिज सीजन –३ का विजेता सुजन सुवेदीको उपस्थितीमा गरिएको एक कार्यक्रममा स्कुटर सार्वजनिक भएको हो ।

Batas

जेडआर स्ट्रीट १२५ एपआई बेस्ट इन क्लास फिचर र पछिल्लो उत्सर्जन मापदण्डमा आधारित सबैभन्दा राम्रो स्कुटर रहेको भी.ए.डब्लु इन्टरप्राइजेज प्रा.ली का यमडी सरोज श्रेष्ठले बताए ।

यस स्कुटरको मुल्य २ लाख ५४ हजार ९ सय रहेको छ । नेपालीहरुको महान चाडपर्व विजयदशमी तथा दीपावलीको अवसरलाई मध्यनजर गर्दै ६ हजार नगद छुट साथै एक्सचेन्ज गर्दा बजार प्रचलित मुल्य भन्दा १५ हजार थप मुल्यांकन पाउने प्रा.लीका म्यानेजर सुरेन्द्र रेग्मीले जानकारी दिए ।

सार्वजनिक भएको नयाँ रे जेडआर १२५ एफआईमा मेजर रिफाइनमेन्टरहरु गरिएका छन् । यो सेग्मेन्टकै सबैभन्दा छिटो पिकअप लिने स्कुटर हो जसले मात्र ७.५९ सेकेन्डमा ६० किलोमिटर प्रतिघण्टा गति लिन सक्छ । साथै यसको माइलेज पनि सबैभन्दा बढी, ५८ किलोमिटर प्रति लिटर रहेको छ । अन्य फिचरहरु पनि अघिल्लो रे जेडआरको भन्दा उत्कृष्ट बनाइएको छ।

यसमा १२५ सीसीको बीएस ६ कम्प्ल्यान्स यामाहामा प्याटेन्डेड ब्लुकोर एफआई प्रविधिसहितको इन्जिन लगाइएको छ । साथै अँग्रेजी अक्षर ‘वाई’ आकारको नयाँ एलईडी लाईट, नयाँ डिजिटल इन्स्ट्रयुमेन्ट कलस्टर, स्टप एन्ड स्टार्ट सिस्टम, क्वाईट स्टार्ट अपको लागि स्मार्ट मोटर जेनेरेटर, साइड स्ट्यान्ड इन्जिन कट–अफ स्विच र युनिफाइड ब्रेकिङ सिस्टम जस्ता आधुनिक र सुविधाजनक फिचर रहेका छन् ।

यसको वजन ९९ केजी मात्र रहेको छ जसले यसलाई १२५ सीसी स्कुटर सेग्मेन्टको सबैभन्दा हलुको स्कुटर बनाएको छ ।यामाहा नेपालमा बीएस ६ मोडेलको उत्पादन भित्राउने एउटै माात्र दुई पाँग्रे ब्रान्ड हो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.