www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी:तनहुँ आँबुखैरेनीका संक्रमितको चितवन मेडिकल कलेजमा मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा थप एकको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

Batas

तनहुँ जिल्ला, आँबुखैरेनी –३ का ३९ वर्षीय पुरुषको हिजो (बिहीबार) १२ बजेर ५५ मिनेटको समयमा चितवन मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।

उनी साउन २९ गते अस्पताल भर्ना भएका थिए भने ३१ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।उनमा सेम्टीक सक र श्वासप्रश्वासमा समस्या भएको थियो ।गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट ज्यान जानेको संख्या ३३ पुगेको छ ।

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.