www.tandavnews.com
Fact ~ In search of truth

भाटभटेनीका एक कर्मचारी सहित कास्कीमा थपिए ११ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

कास्कीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Batas

पोखरा महानगर न्युरोड स्थित रहेको भाटभटेनी सुपरमार्केटका एक कर्मचारी सहित पोखराका १० र माछापुच्छ्रे गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

संक्रमित हुनेमा वडा नम्बर ३१ का ४,२७ का ३,३०,२९,१७ का एक/एक र माछापुच्छ्रे गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएकोक हो । वडा नम्बर १७ का २४ वर्षीय संक्रमित युवक भाटभटेनी सुपरमार्केटमा कार्यरत रहेको जनाइएको छ् ।

गोरखामा १२, नवलपरासीमा ९ र लमजुङका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा ३३ संक्रमित थपिएका छन् । हाल सम्म प्रदेशमा संक्रमितको संख्या ३६४५ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.