www.tandavnews.com
Fact ~ In search of truth

फोर्स मोटर्सको फोर्स दशैं आर्शिवाद उपहार योजना

पोखरा ।

फोर्स मोटर्सको आयतकर्ता हिमालय अर्गनाइजेशन अन्तर्गत आयाम इन्टरकन्टिनेन्टलले दशैं आर्शिवाद उपहार योजना ल्याएको छ ।

दशैं र तिहारको अवसरमा ग्राहकको सुविधालाई ध्यानमा राखि यो दशैं आर्शिवाद उपहार योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

Batas

यो अफर अन्तर्गत फोर्स मोटर्सको १४ सिट क्षमता भएको ट्राक्स क्रुजर जीप खरिदमा ‘९ महिना सम्मकिस्ता रव्याजतिर्न नपर्ने’,९ लाख मात्र डाउन पेमेन्टमा गाडी खरिद गर्न सकिने अथवा स्क्रयाच कुपन मार्फत २ लाख देखि १० लाख सम्म नगद मध्ये कुनै एक अफर रोजी रोजी लिन सकिने योजना रहेको हिमालय अर्गनाइजेशनका अध्यक्ष ध्रुव थापाले बताए ।

यसै गरी ट्राक्स कार्गोकिङ पिकअपको खरिदमा ‘८ महिना सम्मकिस्ताब्याजतिर्न नपर्ने’, ५ लाख ५० हजार मात्र डाउन पेमेन्टमा गाडी खरिद गर्न सकिने अथवा स्क्रयाच कुपन मार्फत १ देखि ५ लाख सम्म पक्का नगद मध्ये कुनै एक अफर रोजी रोजी लिन सकिनेछ ।

त्यस्तै २६ सिट क्षमता भएको ट्राभलर टि २ मिनी बसको खरिदमा ७ महिना सम्म किस्ता ब्याज तिर्न नपर्ने १२ लाख मात्र डाउन पेमेन्टमा गाडि लिन सकिने अथवा स्क्रयाच कुपन मार्फत २ देखि ६ लाख सम्म पक्का मध्ये कुनै एक अफर रोजेर लिन सकिने सुविधा रहेको छ ।

बिगत ७ बर्ष देखि फोर्स मोटर्स लि. ले नेपालमा आफ्नो आधिकारीक आयातकर्ता-विक्रेता आयाम इन्टर कन्टिनेन्टल प्रा.लीमार्फत आफ्ना गाडिहरुको विक्रि वितरण गर्दै आईरहेको छ ।

कम्पनीले सबै भन्दा धेरै सिट क्षमताको जिप (१४ सिट) र ३ बर्ष वा ३ लाख कि.मि. को इन्जिन वारेन्टि भएको मर्सिडिज बेन्ज इन्जिन जडित जिप तथा पिकअप, डेलिभरी भ्यान, बस लगायतका गाडिहरुको आयात तथा विक्रि वितरण गर्दै आएको हिमालय अर्गनाइजेशन र आयाम इन्टरकन्टिनेन्ट प्रालिका अध्यक्ष ध्रुव थापाले जानकारी दिए ।

आयाम इन्टरकन्टिनेन्टलले काठमाण्डौंको गैह्रिधारा, पोखराको चाउथे, सुनसरीको इटहरी, मकवानपुरको हेटौडामा आफ्नै शोरुम संचालनमा ल्याएको छ ।

स्थानीय डिलरको रुपमा चितवनको भरतपुर,झापाको विर्तामोड, धनुषाको जनकपुरका डिलर मार्फत फोर्सको विभिन्न मोडेलका गाडिहरु विक्रि गरिरहेको छ । यी शोरुमहरुमा विक्रि पछिका सेवाहरु सहितको सुविधा रहेको हिमालय अर्गनाइजेशनका महाप्रबन्धक मनोज इटनीले बताए।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.