www.tandavnews.com
Fact ~ In search of truth

पोखरा-२३ अपहरण काण्ड : ठेकेदार लामासहित अन्य धरौटीमा रिहा

पोखरा
ताण्डव न्यूज ।

अपहरण तथा शरिर बन्धक कसूरमा पक्राउ परेका चार जना धरौटीमा रिहा भएका छन् ।

पक्राउ परेका पोखरा-२३का वडा सदस्य भरतराज भण्डारी, ठेकेदार बसन्त लामा, पोखरा-२३ बस्ने टिकाराम भण्डारी ‘रामु’ र बागलुङ गलकोट-५ का मनोज खत्रीलाई मंगलबार जिल्ला अदालत कास्कीले धरौटीमा रिहा गरेको हो । न्यायधीश तेजेन्द्रप्रसाद शर्माको इजलासले थुनछेक बहसपछि ठेकेदार लामालाई १० लाख र अन्यलाई प्रतिब्यक्ति एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

Batas

उनिहरुले भदौ ८ गते पोखरा २३का महादेब सापकोटालाई सोही ठाउँको खहरेखोलास्थित निर्माणधिन पुलबाट अपहरण गरेका थिए ।  सापकोटालाई अपहरण गरी कुटपिट गर्दै बा १४ च ८२७९ नंको कारमा राखेर पोखरा २३मै रहेको ठेकेदार लामाको फ्लायटमा थुनी राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीले उद्धार गरेको थियो ।

सम्बन्धीत न्यूज

ठेकेदार लामा र वडा सदस्य भण्डारी ‘अपहरण’ गरेको आरोपमा पक्राउ

अपहरण काण्ड : ‘गायब पार्ने योजना, ४ दिन थुनेर कुटे’

पोखरा-२३ अपहरण काण्ड : तीन जनालाई सात दिनकालागि म्याद थप

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.