www.tandavnews.com
Fact ~ In search of truth

असोज ११ गतेदेखि सप्ताहव्यापी कार्यक्रम गदै पोखरा जेसीज

पोखरा ।

पोखरा जेसीजले आमामी असोज ११ गते देखि सप्ताहव्यापी ‘जेसिज सप्ताह–२०२०’ कार्यक्रम गर्ने भएको छ ।

जेसीजले ११ गते देखि १७ गतेसम्म समाजमा सकारात्मक सुचना सम्प्रेषणका लागि कार्यक्रम गर्न लागेको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

Batas

कार्यक्रम अन्तर्गत पहिलो दिन रक्तदान कार्यक्रम, पोखरामहानगरमा उद्धार गरिएका बालबालिकालाई लक्षित गर्दै अन्नपुर्ण गाउँपालिका लेवाडेमा स्वास्थ्य तथा शैक्षिक सामग्री हस्तान्तरण गर्ने भएको छ ।

यस्तै विधार्थीलाई लक्षित गर्दै कोरोना भाइरस सचेतना तथा सुरक्षा सामग्री हस्तान्तरण, महिला स्वास्थ्य सचेतना तथा सेनेटरी प्याड बनाउने तालिम, खाद्य सामाग्री तथा युवा लक्षित कार्यक्रम गरिने कार्यक्रम संयोजक मिनराज खड्काले जानकारी दिए ।

‘असल समाजका लागि युवा नेतृत्व’ भन्ने मुल नाराका साथ सञ्चालित जेसीजले आफ्नो बार्षिक कार्ययोजनालाई निरन्तरता दिदैँ यो साप्ताहिक कार्यक्रमको आयोजना गर्न लागेको संयोजक खड्काले बताए ।

जेसिज २०२० का अध्यक्ष शिवप्रसाद सापकोटाले वर्षभरकै उत्कृष्ट कार्य भएकाले कार्यक्रमलाई भव्य बनाउन सबैलाई सहयोग गर्न आग्रह गरे ।
कोरोना संक्रमणको समयमा रगतको अभाव हुन नदिन, जनचेतना फैलाउनु तथा युवा वर्गको उत्तरदायित्व बुझाउने कार्यक्रमको उदेश्य रहेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.