www.tandavnews.com
Fact ~ In search of truth

सडक छेउमै फोहोर फाल्दा पोखरा-बागलुङ सडक दुर्गन्धित

पर्वत ।

मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको मोदी गाउँपालिकाको डिमुवा बजार र पातीचौर बजारबाट निस्केको फोहोर सडकको आसपासमानै बिसर्जन गर्दा मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडक दुर्गन्धित बन्न थालेको छ ।

मोदी गाउँपालिकाको डिमुवा र पातीचौर बजारबाट दैनिक निस्किने फोहोरले राजमार्गमा दुर्गन्ध फैलिएको हो । गाउँपालिकाले फोहोर व्यवस्थापनको उचित विकल्प नखोज्दा एकातिर लोकमार्ग भत्किने खतरा बढेको छ भने अर्कोतिर फोहर सिधै ऊर्जा नदीको रुपमा परिचित मोदी खोलामा फालिदाँ नदीमा प्रदूषणसमेत बढेको छ ।

Batas

पालिकाको केन्द्र रहेको पातीचौर बजारदेखि झण्डै ५०० मिटरको दूरीमा रहेको डिमुवा बजारभन्दा केही पर फोहोर फालिँदै आएको छ । दुवै बजारको सबै फोहोर सडक छेउमा फालिंँदा दुर्गन्धले स्थानीय, सवारी चालक र यात्रामा निस्कने यात्री बढी समस्यामा पर्ने गरेका छन् । बर्खाको समयमा दुर्गन्ध नआए पनि अब गर्मीको समयमा फोहोरको दु्र्गन्ध फैलिएर समस्या पर्ने गरेको स्थानीय ठक्कर शर्माले बताए । राजमार्गमा फोहोर नफाल्न सम्बन्धित निकायलाई धेरै आग्रह गरे पनि कतैबाट सुनुवाइ नभएको उनको भनाइ छ ।

राजमार्ग नजिकै फोहोर फाल्दा बसभित्रै नाक थुनेर यात्रा गर्नुपर्ने बाध्यता आएको यात्री गोपाल शर्माले बताए । पैदल हिँड्दा त नाक थुनेर पनि वारपार गर्न कठिन हुन्छ । गर्मीयाम बढेसँगै आसपासका बस्तीमा चौबीसै घण्टा दुर्गन्धले बस्नै नसकिने स्थानीयवासीको गुनासो रहेको छ ।

बजारबाट निस्केको फोहरले डिमुवा–नयाँपुलङखण्डको डिमुवा बजार क्षेत्रको भाग पहिरोको जोखिममा छ । गाउँपालिका अहिले पनि व्यवस्थित स्थानको खोजीमा रहेको र अब छिट्टै उपयुक्त स्थानमा बजारको फोहोर व्यवस्थापन गरिने मोदी गाउँपालिकाका प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले जानकारी दिए । उनले फोहोर फाल्ने उचित ठाउँ पाउने बित्तिकै निर्माणका लागि काम शुरु गरिने बताए ।

रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.