www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरले पशुपक्षीपालक कृषकलाई परिचयपत्र दिने

कास्की ।

पोखरा महानगरपालिकाले पशुपालक कृषकलाई अब परिचयपत्र दिने भएको छ । कृषकले गोठ अथवा फार्ममा पालेका पशुपक्षीको सङ्ख्याका आधारमा वर्गीकरण गरी महानगर पशु सेवा शाखाले कृषकको सम्पूर्ण विवरणसहितको परिचयपत्र वितरणको आवश्यक प्रक्रिया शुरु गरेको जनाएको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको कृषक पहिचान तथा वर्गीकरण कार्यविधि २०७५ तथा महानगरपालिका पशु विकास अनुदानसम्बन्धी कार्यविधिअनुसार सात वटा वर्गमा कृषकको पहिचान गरी परिचयपत्र दिइने शाखाका प्रमुख नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार सम्बन्धित पशु सेवा केन्द्रको सिफारिसमा फार्म रहेको वडा कार्यालयमा फार्म दर्ता तथा नवीकरण तथा घरेलु कार्यालयमा समेत दर्ता गरी साना कृषकदेखि माथिका वर्गीकृत कृषकलाई परिचयपत्र दिइनेछ ।

महानगरले वर्गीकरणमा परेका, परिचयपत्र प्राप्त गरेका कृषकलाई मात्र चालू आवमा अनुदान दिने भएको छ । पशु सेवा केन्द्रका प्राविधिक कर्मचारीले वर्गीकरणका लागि प्राप्त निवेदनका आधारमा कृषकको वर्ग कायम गर्नेछन् । सोही वर्गका आधारमा वडाले दर्ता गर्नेछ । महानगरले वर्गीकरणमा परेका, परिचयपत्र प्राप्त गरेका कृषकलाई मात्र चालू आवमा अनुदान दिने भएको छ ।

महानगरपालिकाले कृषकलाई विभिन्न सातवटा वर्गमा विभाजन गरेको छ । एउटामात्र गाई भैँसीको माउ पालेकालाई सीमान्तकृत कृषक, एकदेखि चारवटा माउ हुनेलाई निर्वाहमुखी कृषक, पाँचदेखि नौ वटासम्म साना कृषक तथा १० देखि २९ सम्म व्यवसायी उन्मुख कृषकमा वर्गीकरण गरेको छ ।

त्यसैगरी ३० देखि ५९ सम्म व्यवसायी कृषक, ६० देखि १४९ सम्म उद्यमी कृषक तथा १५० भन्दा माथि गाई–भैँसीका माउ पालेकालाई विशिष्ट कृषक भनी वर्ग छुट्याएको छ । त्यसैगरी दुईदेखि १९ वटासम्म भेडाबाख्राका माउ पालेकालाई निर्वाहमुखी, २० देखि २९ सम्म साना कृषक, ४० देखि ९९ सम्म व्यवसायी उन्मुख, १०० देखि १९९ व्यवसायी, २०० देखि ४९९ सम्म उद्यमी तथा ५०० देखि माथि पालेकालाई विशिष्ट कृषकका रुपमा वर्गीकृत गरिएको छ ।

Lama collectio News Middle

कुखुरापालक कृषकलाई १० देखि ५० सम्म निर्वाहमुखी, ५० देखि ९९९ साना कृषक, एक हजारदेखि दुई हजार ९९९ व्यवसायी उन्मुख, तीन हजारदेखि पाँच हजार ९९९ व्यवसायी, छ हजारदेखि १४ हजार ९९९ उद्यमी र १५ हजारमाथिको सङ्ख्यामा पालेकालाई विशिष्टमा विभाजित गरिएको छ ।

त्यसैगरी एउटा बङ्गुर पाल्ने निर्वाहमुखी, दुईदेखि तीनवटा साना कृषक, चारदेखि छ व्यवसायी उन्मुख, सातदेखि १२ व्यवसायी, १३ देखि २४ सम्म उद्यमी र २५ माथि पालन गरेकालार्ई विशिष्ट कृषकमा वर्ग कायम गर्ने गरी महानगरले कार्यविधि पारित गरी स्थानीय राजपत्रमा प्रकाशित गरेको छ ।

“कृषकले पालेका पशुका आधारमा महानगरको कार्यविधिमा उल्लेख भएबमोजिम कृषकको वर्ग पहिचान गरी उनीहरुलाई परिचयपत्र वितरणको काम अघि बढाएका छौँ ।” महाशाखा प्रमुख अधिकारीले भने , “पहिलोपटक शुरु गरिएको यस कार्यक्रमले अनुदान वितरणसमेत पारदर्शी, वैज्ञानिक र साना कृषकलाई प्रोत्साहन गर्न सघाउने छ ।” महानगरले परिचयपत्रका लागि आवेदन आउन शुरु भएको तथा परिचयपत्रसमेत तयारी अवस्थामा रहेकाले केही दिनभित्रै औपचारिकरूपमा सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिने जनाएको छ ।

कृषक वर्गीकरण तथा परिचयपत्र वितरणबाट पशुपक्षीपालन व्यवसायलाई व्यवस्थित र सुदृढ तुल्याउनुका साथै पशु, पशुजन्य पदार्थको स्वस्थ्यरूपमा उत्पादन तथा बिक्री वितरणमा सहयोग पुग्ने विश्वास महानगरको छ ।

यसअघि विसं २०७५ असोजमा प्रदेश सरकारमातहतको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषक पहिचान तथा वर्गीकरण कार्यविधि तयार गरी स्थानीय तहमा वर्गीकरण गर्ने योजना अघि सारेको थियो । तर वडा कार्यालयहरुमा यसका लागि आवश्यक छुट्टै जनशक्ति नहुँदा सो कार्यले आशातित सफलता पाउन सकेको छैन । परिचयपत्रमा कृषकको नाम, स्थायी ठेगना, सम्पर्क नम्बर, फार्मको नाम, ठेगना, नागरिकता नम्बर, महानगरको करदाता नम्बर, कृषक वर्गीकृत पहिचान तथा प्यान÷भ्याट नम्बर उल्लेख भएको हुनेछ ।

रासस
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop