www.tandavnews.com
Fact ~ In search of truth

काेभिड अपडेट : पछिल्लो २४ घण्टामा एक हजार १४७ जना निको भए, सक्रिय सङ्क्रमित संख्या १८ हजार ३४१

पछिल्लो २४ घण्टामा एक हजार १४७ जना कोभिड १९ संक्रमित निको भएका छन् । देशभर १८ हजार ३४१ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा एक हजार २०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएका १० हजार १९ जनाको पिसिआर परीक्षणमा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रलायका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ४ सय ६७ पुगेको छ ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.