www.tandavnews.com
Fact ~ In search of truth

७१ एम्पूल लागूऔषधसहित पोखराका दीपेश गुरुङ पक्राउ

पोखरा
ताण्डव न्यूज ।

लागूऔषधसहित एक युवा पक्राउ परेका छन् । पोखरा १३ बस्ने दीपेश गुरुङ ७१ एम्पुल लागूऔषधसहित शनिबार पक्राउ परेका हुन् ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले गुरुङलाई पोखरा १३ स्थित गौडाको मुख भन्ने स्थानमा हिडिरहेको अवस्थामा पक्राउ गरेको हो ।

Batas

गुरुङको साथबाट २३ एम्पुल डाइजापाम, २४ एम्पुल फेनेरागन, २४ एम्पुर नुरफिन र एक थान मोबाइल नियन्त्रणमा लिइएको छ । गुरुङलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ विपरितको कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले बताए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.