www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा थपिए ७१ संक्रमित, पोखराका मात्रै २१ जनामा संक्रमण

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा ७१ संक्रमित थपिएका छन । थपिएका संक्रमित मध्ये २१ जना पोखरा महानगरका मात्रै रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

 

Batas

संक्रमित भेटिएका वडाहरु मध्य सबै भन्दा धेरै वडा नम्बर ३ का व्यक्ति रहेका छन् । यो वडाका ८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै वडा नम्बर ८ का ५, १५ का ३,३३ का २, २०,१४ र १७ का एक एक जना रहेका छन् ।

संक्रमित हुनेमा पोखरा वडा नम्बर ३ का २७ वर्षीय पुरुष र वडा नम्बर १५ का ३८ वर्षीय पुरुष गरि २ जना नेपाल प्रहरी रहेका छन् ।वडा नम्बर ३ का अन्य ७ जना तेर्सापट्टिमा निर्माणधीन अपार्टमेन्टका कामदार रहेका छन् ।

यस्तै बागलुङका मात्रै ३१ जना, लमजुङका १६ जना र नवलपरासीका ३ जनामा संक्रमण पुष्टि भएको छ ।यो सँगै प्रदेशमा संक्रमितको संख्या ३७४४ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.