www.tandavnews.com
Fact ~ In search of truth

चीनको कोइला खानीमा च्यापिएर १६ मजदुरको मृत्यु

चीन ।

चीनको एक कोइला खानीमा कार्बन मोनोअक्साइड ग्याँसका कारण कम्तीमा पनि १६ जना मजदुरको ज्यान गएको छ । दक्षिणपश्चिमी चीनको एक खानीमा सो दुर्घटना भएको बताइएको छ । चिनियाँ सरकारी टिभी सिसिटिभीले सो कुराको जानकारी गराएको हो ।

सो खानीमा कार्बन मोनोअक्साइड ग्याँस विस्फोट भएको र जसका कारण ती मजदुरहरु भाग्न नसकेर च्यापिएर ज्यान गएको बताइएको छ ।आइतबार बिहान सो दुर्घटना भएको थियो । यस दुर्घटनामा परेर अरु पनि मजदुरहरु सो खानीमा च्यापिएको अनुमान गरिएको छ ।

Batas

उद्धारकर्मीहरुले स्वास्थ्यकर्मी तथा औषधिसहितको टोली समेत लिएर त्यहाँ पुगेका थिए । उनीहरुले खानीबाट उद्धार गरिएका नागरिकलाई उपचार गरेर बचाउने प्रयास गरेका थिए ।

तर पनि १६ जनाको सो खानीभित्रै ज्यान गएको थियो । एक जनालाई उद्धार गरेर बाहिर निकालिएको थियो । अरु पनि सो खानीमा मजदुरहरु परेको हुनसक्ने आशंकामा उद्धारको कार्य जारी राखिएको बताइएको छ ।

चीनमा खानी दुर्घटनामा परी वर्षेनी ठूलो संख्याका नागरिक ज्यान गुमाउन बाध्य हुने गर्दछन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.