www.tandavnews.com
Fact ~ In search of truth

लमजुङको दोर्दी गाउँपालिकामा पठनपाठन शुरु

लमजुङ ।

दोर्दी गाउँपालिकाका विद्यालयमा आजदेखि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै पठनपाठन शुरु भएको छ ।

कोभिड–१९ का कारण बन्द रहेको करिब छ महिनापछि सुरक्षा मापदण्डसहित सिकाइ सहजीकरणका लागि गाउँपालिकाभरीका सबै विद्यालयमा पठनपाठन भएको गाउँपालिका शिक्षा शाखाका शिक्षा अधिकृत भीमप्रसाद लामिछानेले बताए ।

Batas

लामिछानेका अनुसार यही असोज ५ गते गाउँपालिकाका सम्पूर्ण विद्यालयका प्रावि, निमावि र मावि तहको प्रधानाध्यापकबीच बैठक र असोज ६ गते पुनः गाउँपालिका शिक्षा समितिको बैठक बसी अघिल्लो बैठकमा गरिएको निर्णयलाई पूर्णता दिँदै विद्यालय सञ्चालन गर्न लागिएको छ । कोरोना भाइरसका कारण बालबालिकाको शिक्षामा परेको असरलाई ध्यानमा राखी विद्यालय सञ्चालन गर्न लागिएको उक्त शिक्षा शाखाले जनाएको छ ।

बीस जनाभन्दा कम विद्यार्थी रहेको प्रावि तहको विद्यालयमा नियमित रुपमा पठनपाठन शुरु भएको छ । सोभन्दा धेरै विद्यार्थी रहेका निमावि र मावि विद्यालयमा जोरबिजोरका आधारमा सिकाइ सहजीकरण गरिन भएको छ । गाउँपालिका शिक्षा शाखाका शिक्षा अधिकृत लामिछानेका अनुसार गाउँपालिकाभरी ५४ विद्यालय छन् । मावि सात, निमावि १० र ३७ प्रावि छन् ।

त्यस्तै जिल्लाको क्व्होलोथर गाउँपालिका सबै विद्यालय र बेँसीशहर नगरपालिकाका केही विद्यालयमा केही दिनअघिदेखि पठनपाठन शुरु भइरहेको छ । क्व्होलासोथर–४ भुजुङको त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर गुरुङका अनुसार विद्यार्थीको रोल नम्बरका आधारमा जोरबिजोर प्रणालीअन्तर्गत विद्यालयमा पठनपाठन थालिएको छ ।

‘विद्यालय आउँदा अनिवार्य मास्क लगाउन लगाइएको छ, गेटमै स्यानीटाइजर लगाउने व्यवस्था गरिएको छ, थर्मल गर्नमार्फत ज्वरो परीक्षण गरिने गरिएको छ’, उनले भने, ‘एउटा बेञ्चमा दुई जना मात्र राख्ने गरिएको छ, बिहान १०ः०० बजेदेखि दिउँसो साढे ३ः०० बजेसम्म विद्यालयमा पठनपाठन भएको छ, सबै विषय पठनपाठन गरिएको छ ।’ दुई सय ४४ विद्यार्थी रहेको विद्यालयमा अधिकांश विद्यार्थी आउन थालेका छन् ।

जिल्ला बाहिर रहेका शिक्षकलाई १४ दिन क्वारेन्टिन राखेर, पिसीआर परीक्षण गरेर मात्र विद्यालयमा आउने व्यवस्था गरिएको प्रधानाध्यापक गुरुङले बताए ।

त्यस्तै बेँसीशहर नगरपालिकास्थित यशोब्रह्म माध्यमिक विद्यालय बाहुडाँडामा समेत उच्च स्वास्थ्य सावधानीका साथ पठनपाठन शुरु भएको विद्यालयका प्राध्यानाध्यापक सुर्जेबहादुर बरालले बताए ।

उनले भने, ‘कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई बिहान ६ः०० बजेदेखि १०ः०० बजेसम्म र ६ देखि १० कक्षासम्मका विद्यार्थीलाई साढे १०ः०० बजेदेखि साढे २ः०० बजेसम्म पठनपाठन शुरु गर्दै आएका छौँ, एउटै कक्षामा १५ जनाभन्दा बढी भएमा दुई वटा कक्षामा राखेर पठनपाठन गरिएको र एउटा विषयको ३० मिनेट मात्र पठाइएको उनको भनाइ छ । त्यस्तै, जिल्लाका अधिकांश विद्यालयमा विस्तारै पठनपाठन शुरु हुन थालेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.