www.tandavnews.com
Fact ~ In search of truth

२४ घण्टामा थपिए १ हजार ५७३ संक्रमित थपिए, ८८५ जना डिस्चार्ज

पोखरा ।

पछिल्लो २४ घण्टामा देशभर एक हजार पाँच सय ७३ जना कोरोना संक्रमित थपिएका छन् ।

१० हजार एक सय २३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार पाँच सय ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

Batas

यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७३ हजार तीन सय ९४ पुगेको छ । गएको २४ घण्टामा १० जनाको ज्यान गएको गौतमले जानकारी दिए । हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार सय ७७ पुगेको मन्त्रालयले बताएको छ ।

गएको २४ घण्टामा आठ सय ८५ जना निको भएर घर फर्केका छन् । डिस्चार्ज हुनेको संख्या ५३ हजार आठ सय ९८ जना पुगेको छ ।

अब नेपालमा १९ हजार १९ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ हजार दुई सय ८१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.