www.tandavnews.com
Fact ~ In search of truth

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका कर्मचारी सहित गण्डकीमा थपिए ३३ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका दुई कर्मचारीसहित गण्डकी प्रदेशमा फेरि ३३ संक्रमित थपिएका छन् ।

Batas

पोखरा महानगरका २ र मादीगाउँपालिकाको १ सहित प्रदेशका अन्य ६ जिल्लाका गरि ३३ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

संक्रमित हुनेमा लमजुङका ५, स्याङ्जाका २, नवलपरासीका १५, तनहुँका ६ र पर्वतका २ जना रहेका छन् । पर्वतका २ जना संक्रमित नेपाल आर्मी रहेको जनाइएको छ ।

यो सँगै प्रदेशमा संक्रमितको संख्या ३७७७ पुगेको छ । यस अघि गण्डकी प्रदेशमा ७१ संक्रमित थपिएका थिए ।

 

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.