www.tandavnews.com
Fact ~ In search of truth

प्रकृतिलाई पुनर्जीवन दिन होस्टेमा हैसे गर्दै ‘हिल हिमालयज’

पोखरा
ताण्डव न्यूज ।

तपाईको शरिरमा कहिँकतैबाट फोहोर आएर बस्यो अथवा टाँसियो भने के गर्नुहुन्छ ? अवश्यपनि त्यसलाई तत्काल सफा गर्नुहुन्छ । फोहोरले हामीलाई निको गर्दैन भन्ने चेतका कारण हामी आफुमा आइलागेको फोहोर तत्काल सफा गरिहाल्छौँ ।

हामीले शरिरको मैलो त फाल्यौँ, तर हाम्रो जिवन यस ग्रहमा सम्भव बनाएको प्रकृतिबारे हामी कति संवेदनशिल छौँ ? हाम्रै कारणले मैलो भएको प्रकृति सफा गर्ने जिम्मेवारी हाम्रै हैन र ?

Batas

हो, यिनै प्रश्नहरुले पोखरामा ‘हिल हिमालयज’ नामक संस्था जन्माएको छ ।

‘रिभाइभिङ द नेचर’ अर्थात ‘प्रकृतिलाई पुनर्जीवन’दिने उद्धेश्य लिएर युवाहरु यतिबेला कस्सिएका छन् । तपाई हामीले घुम्न अथवा रमाइलोमा जाँदा जानअञ्जानमा मिल्काइएका फोहोरहरु व्यवस्थापन गर्न जुटिरहेको छ ‘हिल हिमालयज’ । हप्ताको एक दिन ३ घण्टा प्रकृति सफा गर्नका लागि युवाहरु लागिपरेका छन् ।

त्यसो त पोखरामा सरसफाई अभियान चलाउने संस्थाहरु नभएका होइनन् । प्रकृति सफा र सुन्दर बनाउन ‘हिल हिमालयज’ले होस्टेमा हैसे गर्ने छ ।

पोखराका रोजाइका गन्तब्यहरुमा थुप्रिएका फोहोर संकलनसहित अभियान सुरु गरेको यस संस्थाले महिनादिन नपुग्दै १० टन फोहोर व्यवस्थापन गरिसकेको छ । ५/६ जना युवाहरु प्रतिबद्ध भएर सुरु भएको यस अभियानमा साथ र सहयोग गर्नेहरुको संख्या बढ्दैछ ।

संस्थाको आइतबार औपचारिक उद्घाटन गरिएको छ । ४१ औँ विश्व पर्यटन दिवसको अवसर पारेर गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले ‘हिल हिमालयज’को उद्घाटन गरे ।
मन्त्री लम्सालले प्रकृति सफा गर्न लागिपरेका युवाहरुलाई प्रशंसासहित धन्यवाद दिए । प्राकृतिक पर्यटकिय नगरी पोखरा सफा गर्ने कार्यमा उनले प्रदेश सरकारको सहयोगको प्रतिबद्धता जनाए ।

गण्डकी प्रदेश सांस्द राजीव पहारीले यस अभियान सह्रानिय रहेको बताउँदै निरन्तरताको शुभेच्छा सुनाए ।

प्रकृति सरसफाइ कार्यक्रमलाई अझ बृहत रुपमा लैजाने संस्थाका सचिव शिशिर शर्माले सुनाए । यस कार्यका साथ तथा सहयोगदाताहरुलाई अध्यक्ष रोशन गुरुङले धन्यवाद दिए ।

उद्घाटन कार्यक्रम अघि मन्त्री लम्साल, सांसद पहारी लगायतले हल्लनचोकस्थित क्याम्पेन चौर फाइमा सहभागी भएका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.