www.tandavnews.com
Fact ~ In search of truth

स्थानीय सरकार देशको मेरुडण्ड हो : प्रदेश प्रमुख शेरचन

अर्जुन गाहा,

पोखरा/ ताण्डव न्यूज ।

गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले संघीय गणन्तत्रमा तिन तह मध्ये स्थानीय सरकार देशकै मेरुडण्ड रहेको बताएका छन् ।

Batas

पोखरामा आज आयोजित जिल्ला समन्वय समिति कास्कीको चौथो जिल्ला सभालाई सम्बोधन गर्दै प्रमुख शेरचनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

उनले संघीय सरकार र प्रदेश सरकार भन्दा जनतासँग प्रत्यक्ष रुपमा सरोकार र साठगाँठ राख्ने भएकाले स्थानीय सरकार तिन तह मध्ये मेरुडण्ड रहेको धारणा राखे ।

उनले उक्त सभामा प्रस्तुत भएका कार्यपत्र प्रति सन्तुष्टी जनाउदै भ्रष्टचार र अनियमितता हुन नहुने तर्क राखे । उनले राणा काल देखी पछिल्लो समय समेत भ्रष्टचार र अनियमितता कायम रहेको बताउदै व्यवस्थालाई प्रभाव पार्ने बताए । उनले अमुख व्यक्तिले भ्रष्टचार गरे संघ सस्थांलाई नै आरोप लाग्ने बताउदै एक व्यक्ति सचेत भए सबै जोगिने उल्लेख गरे ।

प्रमुख शेरचनले कुलमान घिसिङको उदाहरण दिदै कुनै एक क्षेत्रको कर्मचारीले बफादार भएर जिम्मेवारी वहन गरे सरकारको समृद्धिको नाराले सार्थकता पाउने बताए । ‘हामीले उ बेला १८ घण्टा लोडसेडिङ बेहोर्याै, उनले स्मरण गर्दै भने, ‘त्यो बेला भएको सबै ऋण चुक्ता गरेर ११÷१२ अर्ब फाईदामा पुगेका छौ । एक व्यक्तिले आफ्नो संस्था भित्र रहेको अनियमिततालाई नियन्त्रण र व्यवस्थित मात्रै गरे पनि यत्रो परिवर्तन सम्भव रहेछ । त्यसैले कर्मचारी तथा नेतृत्वमा रहेको सबै सचेत हुन आवश्यक छ ।’

त्यस्तै शेरचनले संघीय गणतन्त्रको नारा समृद्धि र सुखी नेपालीको नारालाई पुरा गर्न अनियमितताको नियन्त्रण र राष्ट्रिय उद्योगको स्थापना हुन जरुरी रहेको टिप्पणी गरे । ‘दुई कुराले समृद्ध प्राप्त गर्न सक्छौ, उनले भने, ‘नम्बर १ अनियमितताको नियन्त्रण र अर्काे राष्ट्रिय उद्योगको स्थापना । नेपालमै पाईने कच्चा पदार्थमा आधारित उद्योग सञ्चालनमा ल्याईनुपर्छ ।’

त्यस्तै संघीय सांसद विद्या भट्टराईले अझ पनि संघियताको अभ्यासमै रहेको बताईन् । उनले विगतमा राज्यले पुजीगत तर्फको खर्च गर्न नसकेको बताउदै संघीय संरचनामा गैसकेपछि प्रयोग हुदै आएको प्रस्तुत कार्यपत्रबाटै प्रष्ट भएको उनले तर्क राखिन् । सांसद भट्टराईले राज्यको पुजीगत खर्चको अधिकतम प्रयोग गर्न सके स्थानिय जनता लाभांवित हुने धारणा राखेकी थिईन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.