www.tandavnews.com
Fact ~ In search of truth

देशमा थपिए १ हजार ३५१ जना संक्रमित, ७४२ जना डिस्चार्ज

पोखरा ।

पछिल्लो २४ घण्टामा एक हजार तीन सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गएको २४ घण्टामा १० हजार ८० जनाको पीसीआर परीक्षण गर्दा एक हजार तीन सय ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

Batas

गएको २४ घण्टामा सात सय ४२ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ५४ हजार ६ सय ४० जना पुगेको छ । नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ७४ हजार सात सय ४५ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा चार जनाको ज्यान गएको छ । हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार सय ८१ पुगेको मन्त्रालयले जानेको छ ।

अहिले नेपालमा १९ हजार ६ सय २४ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ हजार तीन सय १० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.