www.tandavnews.com
Fact ~ In search of truth

अवरुद्ध बेनी–बागलुङ सडक तीन महिनापछि सञ्चालनमा

म्याग्दी ।

तीन महिनादेखि अवरुद्ध बेनी–बागलुङ सडक मर्मतपछि सञ्चालनमा आएको छ । गत असारदेखि विभिन्न स्थानमा खसेको पहिरोले अवरुद्ध भएको सडक मर्मतपछि सोमबारदेखि सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

सडकखण्डको तल्ली बान्द्रे, बागलुङ र म्याग्दीको सिमानामा पर्ने ढोडेनी खोला, रत्नेचौरको रानीबन लगायतका ठाउँमा पहिरो आएपछि गत असार महिनादेखि नै सडक अवरुद्ध भएको थियो ।

Batas

सडक अवरुद्ध भएपछि कुनै पनि यातायातका साधनहरु सञ्चालन हुन सकेका थिएनन् । सडक डिभिजन कार्यालयले मानिस र मेसिनको प्रयोग गरी पहिरो पन्छाएर अवरुद्ध सडक सञ्चालन गरेको बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर रावलले जानकारी दिए ।

यसअघि सडक तीन महिनासम्म अवरुद्ध हुँदासमेत मर्मतका लागि सडक डिभिजन कार्यालयले चासो नदेखाएको भन्दै सडक प्रयोग गर्ने म्याग्दी र बागलुङका उपभोक्ताहरुले डिभिजन कार्यालयमा धर्नासहित ध्यानाकर्षण पत्र बुझाएका थिए ।

बेनी–मालढुङ्गा सडकको विकल्पका रूपमा रहेको बेनी–बागलुङ सडक अवरुद्ध हुँदा बेनपा–१ रत्नेचौर र वडा नं २ ज्यामरुककोटका साथै बेनी र बागलुङ आवतजावत गर्ने सयौँ यात्रु समस्यामा परेका थिए । सडक अवरुद्ध हुँदा स्थानीयले उत्पादन गरेको कृषिजन्य उत्पादनलाई बजार ल्याउन समस्या भएको थियो । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.