www.tandavnews.com
Fact ~ In search of truth

क्यान्सर पिडित महिलालाई आर्थिक सहयोग

पोखरा
ताण्डव न्यूज ।

क्यान्सर पिडित महिलालाई आर्थिक सहयोग गरिएको छ । म्याग्दी जिल्लास्थित मंगला गाउँपालिका घर भई पोखरा लामाचौर बस्दै आएकी ३३ वर्षीया शिव कुमारी छन्त्याललाई रकम सहयोग गरिएको हो ।

हाल न्यूजिल्याण्ड रहँदै आएकी नदीपुरकी सुप्रिया श्रेष्ठको पहलमा आर्थिक सहयोग संकलन गरिएको थियो । श्रेष्ठले उपचार सहयोगार्थ चलाएको अभियानमा ८० हजार ८ सय २१ रुपैयाँ संकलन भएको थियो । संकलित रकममा श्रेष्ठकै बुवा नारायण श्रेष्ठले केही थपेर ८५ हजार रुपैयाँ शिव कुमारीलाई हस्तान्तरण गरिएको हो । गण्डकी प्रदेश सांसद कृष्ण बहादुर थापाले उक्त रकम हस्तान्तरण गर्दै थप सहयोग गर्ने प्रतिबद्धता जनाए ।

Batas

शिव कुमारीलाई स्तन क्यान्सर थाहा भएको चार महिना भयो । अहिलेसम्म करिब ८ लाख बढी रकम खर्च भइसकेको छ । यसअघि उनकै बुवा भक्तिलाल छन्त्यालले सहयोग गर्दै आएकोमा उनि पनि प्यारालाइसिसको सिकार भएका छन् ।

शिव कुमारीले उपचारमा सहयोग गर्न याचना गरेकि छिन् । सहयोग गर्न इच्छुकले शिव कुमारीको फोन नम्बर ९८१८५७३८७०मा सम्पर्क गर्न सक्नेछन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.