www.tandavnews.com
Fact ~ In search of truth

सुनकोे मूल्य प्रतितोला ५०० ले बढ्यो

काठमाडौं ।

नेपाली बजारमा बुधबार पहेँलो धातुको मूल्य सामान्य वृद्धि भएको छ । मंगलबार प्रतितोला ९०० ले वृद्धि भएको सुनको मूल्यमा आज प्रतितोला ५०० ले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार २०० तोकेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० थियो ।

Batas

यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला १५ ले वृद्धि भई एक हजार १९० पुगेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.