www.tandavnews.com
Fact ~ In search of truth

अपडेट:वडा प्रहरी कार्यालय रामबजारका ७ प्रहरी सहित पोखरामा थपिए २७ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा ७ जना नेपाल प्रहरी सहित २७ जना संक्रमित थपिएका छन् ।

 

Batas

पोखरा महानगरपालिका स्थित वडा प्रहरी कार्यालय, रामबजारमा कार्यरत ४ जना र ३ जना महिला गरि ७ प्रहरी र वडा नम्बर १२,२७, १६, ४,५, १०,६,९,१४,१८,१७,८ र १५ का व्यक्ति गरि २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

यस्तै अन्य जिल्ला नवलपरासीका ५,तनहुँका ३, गोरखाका १, बागलुङका ७ र लमजुङ १ जनामा संक्रमण पुष्टि भएको हो ।

यसअघि पोखरामा पोखरा वडा नम्बर ४ का एक २० घण्टाको बालकमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिएको जानकारी गलत भएको भन्दै निर्देशनालय बाल ४२ दिनको रहेको भन्दै सुचना सच्याएको छ ।

प्रदेशमा संक्रमितको संख्या ३९१० पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.