www.tandavnews.com
Fact ~ In search of truth

१ हजार ५५९ जनामा संक्रमण, १ हजार ५७ जना डिस्चार्ज

पोखरा ।

पछिल्लो २४ घण्टामा १ हजार ५५९ जना कोरोना संक्रमित थपिएका छन् । १२ हजार दुई सय पाँच जनाको नमुना परीक्षण गर्दा एक हजार पाँच सय ५९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ७७ हजार आठ सय १७ पुगेको छ । त्यस्तै गएको २४ घण्टामा एक हजार ५७ जना डिस्चार्ज भएका छन् । हालसम्म निको भएर घर फर्किनेको संख्या ५६ हजार चार सय २८ पुगेको छ ।

Batas

यस्तै गएको २४ घण्टामा सात जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान जानेको संख्या चार सय ९८ पुगेको मन्त्रालयले जनाएकाृ छ ।

अब नेपालमा २० हजार आठ सय ९१ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच हजार चार सय २८ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.