www.tandavnews.com
Fact ~ In search of truth

आयल निगमका कर्मचारीसहित पोखरामा थपिए १६ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

आयल निगमका कर्मचारी सहित पोखरामा आज १६ संक्रमित थपिएका छन् ।

Batas

वडा नम्बर ३१ का १०,२९ र ३० का दुई-दुई, वडा नम्बर ३ र १७ का एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

यस्तै उता स्याङ्जाका ३ जनामा पनि संक्रमण पुष्टि भएको छ । यसअघि नवलपरासीमा ५ र बागलुङका ६ गरि प्रदेशमा ११ संक्रमित थपिएका थिए ।

प्रदेशमा अहिले थपिएका १९ र यसअघिका ११ गरी ३० संक्रमित थपिएका छन् । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३९४० पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.