www.tandavnews.com
Fact ~ In search of truth

सरकारले विकासका आधारहरु तयार गरेको छ : मुख्यमन्त्री गुरुङ

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका आधारहरु तयार भएको बताएका छन् । देशका विभिन्न स्थानमा भएका विकासका कार्यहरुले गति लिएको बताउँदै उनले सरकारले आधारहरु तयार गरेको बताएका हुन् ।

पोखरा १३ आर्वाविजयस्थित पुख्रीनासमा अमितभा गुम्बा शिलन्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले भने,‘ अहिलेको सरकारले विकासका आधारहरु तयार गरेको छ । देशका थुप्रै स्थानहरुमा ठूला ठूला योजनाहरुले पुर्णता पाउदैछन् । पानी पनि उम्लन समय लाग्छ । त्यसका लागि दाउरा, भाँडो लगायतका कुराहरु आवश्यक पर्छन्, त्यस्तै विकासका लागि पनि आधारहरु तयार गरेको छ सरकारले ।’

Batas

मुख्यमन्त्री गुरुङले प्रकृतिक बरदानले अल्छी बनाएको जनाए । विभिन्न यूरोपेली मुलुकहरुको उदाहरणमार्फत प्रष्ट्याउँदै उनले भने,‘यूरोप लगायत अन्य विकसित राष्ट्रहरुले आर्थिक अवस्था कसरी उकास्ने भन्ने सोचे । हाम्रो जमिन उर्वरसिल छ, यहाँ जे लगाएपनि फल्छ । खान पुगेकै छ, प्रकृतिले दिएकै छ भन्ने मात्र सोच्यौँ हामीले । आर्थिक अवस्था कसरी मजबुद बनाउने भन्नेबारे नेता पार्टीहरुले पनि ध्यान दिएनन् ।’ प्रदेशमा भेटिएका विभिन्न खानीहरु कसरी प्रयोगमा ल्याउने भन्नेबारे सरकार लागिपरेको उनले सुनाए ।

गण्डकी प्रदेश सांसद मनबहादुर गुरुङले प्रदेशलाई देशकै एक नम्बर प्रदेश बनाउने गरि सरकारले काम गरिरहेको बताए । प्रदेशका हरेक घरमा विजुली,खानेपानी, खरका छाना हटाएर जस्तापाता लगाउने लगायतका कार्यहरु प्रदेश सरकारले गर्दै आएको जनाउँदै सांसद गुरुङले मुख्यमन्त्रीको सक्रियता अनुसार सांसदहरुपनि कस्सिनुपर्ने बताए ।

नेपाल तामाङ लामा घेदुनका केन्द्रिय अध्यक्ष पाल्देन तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुम्बा निर्माण समितिका लामा तिर्थ बहादुर तामाङ, पोखरा १३का वडाध्यक्ष दर्शन लामा लगायतको उपस्थिती रहेको थियो । राष्ट्रिय पुनर्निर्माण प्रधिकरणको ३५ लाख अनुदान र गुम्बा व्यवस्थापन समितिको ७ लाख गरि ४२ लाख रुपैयाँमा गुम्बा निर्माण शुरु गरिएको हो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.