www.tandavnews.com
Fact ~ In search of truth

सहारा हङकङको ८ औं वार्षिकोत्सवको अवसरमा पोखरा वृद्धाश्रमलाई सहयोग

पोखरा ।

पोखराको सहारा क्लवको भातृ संस्था सहारा क्लव, हङकङले आफ्नो आठौं बार्षिकोत्सवको अवसरमा पोखराको सितापाइलामा रहेको पोखरा वृद्धाश्रमलाई आर्थिक सहयोग गरेको छ ।

सहारा क्लव, हङकङका सदस्य ओम गुरुङले क्लवको तर्फबाट पोखरा वृद्धाश्रमका पूर्व अध्यक्ष टिकाराम भण्डारीलाई नगद २० हजारको साथमा फलफुल समेत सहयोग हस्तान्तरण गरेका थिए ।

Batas

३० औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा क्लवले ज्येष्ठ नागरिकहरुको लागि सानो सहयोग गरेको सदस्य गुरुङले जनाए ।
सहयोगी दाताबाटै पोखरा बृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुको पालन पोषण गरिएको निवर्तमान अध्यक्ष भण्डारीले जनाए ।

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा सहारा क्लवका अध्यक्ष केशवबहादुर थापा, निवर्तमान अध्यक्ष विरभद्र आचार्य, पूर्व अध्यक्ष विक्रम थकाली, उपाध्यक्ष विश्वराज बराल लगायतको सहभागिता रहेको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.