www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी विश्वविद्यालयको नवनियुक्त उपकुलपति नवराज देवकोटाद्धारा सपथ

पोखरा ।

गण्डकी विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर नवराज देवकोटाले सपथ लिएका छन्।

सामाजिक विकास मन्त्री नरदेवी पुनको संयोजकत्वमा गठित सर्च कमिटीले २ जनाको नाम सिफारिस गरेकोमा प्रा.डा देवकोटा नियुक्त भएका हुन् ।

Batas

उपकुलपति नियुक्त भएका देवकोटालाई (शुक्रबार)आज बिहान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले सपथ ग्रहण गराएका हुन्।

यसअघि देवकोटा चितवनस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयमा कार्यरत थिए।देवकोटा कार्यकाल पाँच वर्षका लागि गण्डकी विश्वविद्यालयको उपकुलपति रहनेछन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.