www.tandavnews.com
Fact ~ In search of truth

नेकपाको सचिवालय बैठक भोली(शनिबार) बस्दैँ

काठमाडौँ ।

सत्तारुढ नेकपाले सचिवालय बैठक बोलाएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार बिहान भएको छलफलपछि सचिवालय बैठक बोलाउने निर्णय भएको दाहालको सचिवालयले जानकारी दिएको छ ।

सचिवालय बैठक शनिबार ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने दाहालको सचिवालयले जानकारी दिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले राजदूतलगायतका नियुक्तिबारे पार्टीमा सल्लाह नगरी निर्णय लिएको भन्दै नेकपा शीर्ष नेताहरूबीच फेरि विवाद सिर्जना हुने अवस्था आएको बेला सचिवालय बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री ओलीले एकतर्फी रूपमा राजदूत सिफारिस गरेको र एउटै व्यक्तिलाई पटकपटक राजनीतिक नियुक्त दिइएको भन्दै नेकपाका सचिवालय सदस्यहरूले नै असन्तुष्टि जनाएका छन् । । यद्यपि शनिबार बोलाइएको सचिवालय बैठकको एजेन्डा तय भइनसकेको बताइएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.