www.tandavnews.com
Fact ~ In search of truth

लेउवा संघद्धारा आगजनी भएको ड्राइभिङ इन्स्टिच्युडलाई सहयोग

लेखनाथ ।

लेखनाथ उद्योग बाणिज्य संघले आफ्ना ब्यवसायी सदस्य श्यामु थापा भटराईको ड्राइभिङ इन्स्टिच्युडमा अज्ञात समुहले आगजानी गरि क्षती पु¥याएकोमा सहयोग गरेको छ ।

गत साउन २४ गते राती थापाले सञ्चालन गर्दै आएको पोखरा महानगरपालिका वडा नं २६ कालिकाचोकमा रहेको जुपिटर ड्राइभिङ ईस्टिच्युडमा अज्ञात समुहले आगजानी गरि कार, मोटरसाईकल र स्कुटरमा क्षती पु¥याएको घटनालाई मध्यनजर राख्दै संघले राहत स्वरुप ३० हजार आर्थिक सहयोग गरेको हो ।

Batas

संघको २४ औं बार्षिक साधारण सभाको पुर्व तयारी अन्तरगत शुक्रवार बसेको महिला उद्यमी परिचालन उपसमितिको बैठकमा थापालाई सहयोग स्वरुपको संघका अध्यक्ष बलराम ढकाल,पुर्व अध्यक्ष बावुराम गिरी र लक्ष्मी प्रसाद त्रिपाठीले सामुहिक रुपमा चेक प्रदान गरेका थिए ।

संघले आफ्ना व्यवसायी सदस्यहरुमा पर्ने आपत विपत तथा दैवि प्रकोपलाई ध्यानमा राखि ब्यवसायी सदस्यहरुलाई पर्ने पिरमर्कामा यसै गरि राहत कोष मार्फत सहयोग गर्दै आएको हो ।

महिला उद्यमी परिचालन उप समितिकी सदस्य समेत रहेकी थापाले घटना घटेको दुई महिना पुग्दा पनि दोषी पत्ता नलागेकाले दोषीको खोजी गरि कारवाहीलाई अगाडी वढाउन संघ मार्फत सुरक्षा निकायलाई दवाव दिन आग्रह गरेकी थिईन ।

यसै विच संघको २४ औं साधारणको तयारीका लागि असोज ५ गते देखि ब्यवसायी सदस्यकोमा प्रतिबेदन पठाउने काम भईरहेको र सोही प्रतिबेदन उपर संघद्धारा गठित विभिन्न २० वटा उप समितिहरुको भेला गरि सुझाव संकलनको काम दैनिक रुपमा भईरहेको महासचिव गोपिचन्द्र बास्तोलाले जानकारी दिएका छन ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.