www.tandavnews.com
Fact ~ In search of truth

एकैदिन थपिए २७ सय २२ संक्रमित , ३३ सय बढी डिस्चार्ज

पोखरा ।

आज नेपालमा हालसम्मकै धेरै संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशमा २७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १४ हजार सात सय २२ जनाको नमुना परीक्षण गर्दा २७ सय २२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै त्यस्तै गएको २४ घण्टामा ३३ सय सात जना निको भएर घर फर्किएका छन् ।

Batas

हाल देशमा कोरोना भाइरस संक्रमितको संख्या ८२ हजार चार सय ५० पुगेको छ । भने डिस्चार्ज हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको छ ।गएको २४ घण्टामा ११ जनाको ज्यान गएको छ । हाल सम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या पाँच सय २० पुगेको मन्त्रालयले जनाएको छ ।

अहिले नेपालमा २१ हजार दुई सय ३४ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय ८५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.