www.tandavnews.com
Fact ~ In search of truth

पोखराका समीर ‘भेजा’ लागु औषधसहित पक्राउ

पोखरा
ताण्डव न्यूज ।

पोखरा–१६ जैमुरेका ‘भेजा’ भनिने समीर गुरुङ लागुऔषध सहित पक्राउ परेका छन् ।

गुरुङलाई लागुऔषधसहित पक्राउ गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले बताए । ‘गुरुङसहित अर्काे एकजनाको साथबाट गाँजा, डाइजापम, फेनेरागन लगायतका लागु औषध बरामत भएका छन्,’ उनले भने, ‘वडा प्रहरी कार्यालय बगरले पक्राउ गरेको हो, लागुऔषधको परिणाम आउन बाँकी छ ।’

Batas

गुरुङलाई घरबाटै पक्राउ गरिएको थियो । गुरुङलाई यस अघि पनि प्रहरीले पक्राउ गर्न खोजको थियो तर उनी फुत्किन सफल भएको एक स्थानीयको भनाई छ । ‘विगतमा पनि यस्तै काममा हिड्ने गथ्र्यो, यहाँ उसको विरोधमा बोल्ने आँट कसैको छैन,’ एक स्थानीयले भने, ‘लागुऔषध खाने, हिँड्ने गर्थे अहिले प्रहरीकै फेला परे ।’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.