www.tandavnews.com
Fact ~ In search of truth

खेलाडी फुलमालामा होईन पदकमा रमाउने हो :अर्थमन्त्री गुरुङ

अर्जुन गाहा ,
 ताण्डव न्यूज / पोखरा ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले खेलाडीहरु फुलमालासँगै पदकमा रमाउनुपर्ने बताएका छन् ।

पोखरामा आज (आईतबार) आयोजित नेपाल मार्सल आर्टस् हाप्किदो संघको चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री गुरुङले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले विभिन्न क्षेत्रका खेलाडीहरु स्थानिय, प्रदेश र राष्ट्रिय स्तरको सहित अन्तराष्ट्रिय पदक प्राप्त गर्ने हिसाबले अगाडि बढ्नुपर्ने बताए ।

Batas

मन्त्री गुरुङले आर्थिक विकासले राष्ट्र समृद्ध हुने बताउदै खेल क्षेत्रको विकासका लागि समेत टेवा पुग्ने उल्लेख गरे । उनले मार्सल आर्टस्का विभिन्न खेलहरुलाई कुट्ने पिट्ने मात्र नभई आत्मरक्षा सहित राष्ट्रको प्रतिष्ठासँग प्रत्यक्ष जोडिने बताए ।

उनले खेलकुदले व्यक्तिहरुलाई अनुशासनको दायरामा राख्ने बताउदै जिवनपयोगी रहने धारणा राखे । ‘कुनै पनि खेल अनुकरण गरेर मात्रै हुदैन । बलले मात्रै हुदैन । त्यसका सीप पनि हुनुपर्छ, उनले भने, ‘कुट्ने पिट्ने हान्ने जे सुकै होस् जति कलात्मक हुन्छ त्यो खेल त्यती नै पपुलर हुन्छन् हाप्किदोलाई पनि शुभकामना ।’

उनले कोभिडका कारण लकडाउन गर्नुपर्ने बाध्यात्मक परिस्थितिले आर्थिक क्षेत्रमा ठुलो नोक्सानी पुगेको बताउदै मुलुक १० वर्ष पछि धकेलिएको बताए । मन्त्री गुरुङले घरमा बसेर कसैलाई खान नपुग्ने बताउदै लकडाउनको मोडालिटी परिवर्तन गरिएको धारणा राखे । ‘सरकारले तलब दिएर कसैलाई पाल्न सक्दैन । खान नपाउनेलाई एक दुई दिन खुवाउन सकिएला, मन्त्री गुरुङले भने, ‘तर सरकारको ढुकुटीले पनि सबैलाई पाल्न सक्दैन ।’

उनले समयको विकासक्रमसँगै प्रविधिको युग आएको उल्लेख गर्दै पैसा विना केही विकल्प नरहेको तर्क राखे । ‘उ बेला बाउबाजेलाई पैसा चाँहिदैनथ्यो, खानेकुरा आफै उत्पादन गर्थे, हलो आफै बनाउथे, उनले भने, ‘तर हामी त्यो युगमा छैनौ ।

प्रविधिको जमाना आएको छ जस्लाई पैसा चाहिन्छ । पैसा विना हामी एक कदम पनि अघि बढ्न सक्दैनौ त्यो पैसा भनेको लकडाउन गरेर घर भित्र बसेर प्राप्त गर्न सक्दैनौ । त्यसैले विश्व स्वास्थ्य संगठनले तय गरेको मापडण्डमा रहेर अगाडि बढ्न पर्छ भनेर राज्यले लकडाउनको मोडेललाई परिवर्तन गरेको छ ।’

उनले फरक प्रसंगमा कोरोना भाईरसले विश्वकै शक्तिशाली मानिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समेत नछोडेकोले सबै सचेत रहनुपर्ने बताए । ‘अहिले संक्रमण बढिरहेको छ । यसले डोनाल्ड ट्रम्पलाई पनि छाडेन । तपाई हामीलाई अहिले भएको छैन भने भोली हुन पनि सक्छ, उनले भने, ‘भोली भएन भने पर्सी हुनसक्छ यसले कसैलाई छाड्दैन । अहिले खुशी हुनुपर्ने कारण केही छैन ।

अब हामी कोरोनबाट भागेर डराएर हामी बाँच सक्दैनौ यो समाज अघि बढ्न सक्दैन । विश्व अर्थतन्त्र अगाडि बढ्न सक्दैन । त्यसैले सचेत भएर अघि बढ्ने नै हो ।’

सो कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद सदस्य सम्पन्न श्रेष्ठ, बालकुष्ण काउछा मगर, हाप्किदो संघ गण्डकीका अध्यक्ष एम.बी आस्था मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संघका केन्द्रीय अध्यक्ष काली बहादुर घर्ती मगरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाको विकासका लागि योगदान पुर्याएको भन्दै विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.