www.tandavnews.com
Fact ~ In search of truth

बाँकेमा जुम्ल्याहा बच्चा जन्माएकी सुत्केरीको कोरोनाबाट मृत्यु

बाँके ।

बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक सुत्केरीको कोरोना संक्रमणबाट आज बिहान मृत्यु भएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ निवासी २९ वर्षीया सुत्केरीको आज बिहान ४ः३० बजे उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

Batas

उनका अनुसार सेती अस्पताल धनगढीमा जुम्ल्याहा सन्तान जन्मिएपछि उच्च रक्तश्राव भएका कारण पाठेघरको शल्यक्रिया गर्नाका साथै आठ पिन्ट रगत र चार पिन्ट प्लेटलेट दिँदा पनि स्वास्थ्यमा सुधार नआएपछि शिक्षण अस्पताल कोहलपुरमा प्रेषण गरिएको थियो ।

सेती अस्पतालको प्रयोगशालामै यही असोज १४ गते गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएकोे प्रेषणपत्रमा उल्लेख छ । यही असोज १५ गते अपराह्न ४ः०० बजे शिक्षण अस्पतालमा भर्ना हुँदा महिलाको अवस्था जटिल र बेहोस रहेको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको समन्वयमा मृतकको शव व्यवस्थापनको तयारी भइरहेको छ । योसँगै बाँकेका अस्पतालमा बाहिरी जिल्लाबाट आएर उपचारका क्रममा कोरोनाबाट मृत्यु हुनेको संख्या नौ पुगेको छ । बाँकेका मात्रै २० जनाको कोेरोना संक्रमणका कारण मृत्यु भइसकेकोे छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.