www.tandavnews.com
Fact ~ In search of truth

थपिए २ हजार २५३ नयाँ संक्रमित , संक्रमणबाट ७ को मृत्यु

पोखरा ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार २५३ नयाँ संक्रमित थपिएका छन् । थपिएका संक्रमितसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमति बन्नेको संख्या ८६ हजार आठ सय २३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार सात सय ८४ जनाको नमुना परीक्षण गर्दा दुई हजार दुई सय ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

Batas

त्यस्तै गएको २४ घण्टामा एक हजार तीन सय २९ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । भने २४ घण्टामा ७ जनाले ज्यान गुमाएका छन् । यो सँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ सय ५३ पुगेको मन्त्रालयले जनाएको छ ।

अब नेपालमा २२ हजार दुई सय १९ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार दुई सय तीन जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.