www.tandavnews.com
Fact ~ In search of truth

लायन्स क्लब अफ पोखरा गलेश्वर सेञ्चुरीको रक्तदानमा ६७ पिन्ट रगत संकलन

पोखरा ।

लायन्स क्लब अफ पोखरा गलेश्वर सेञ्चुरीको रक्तदान कार्यक्रममा ६७ पिन्ट रगत संकलन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अन्तर्राष्ट्रिय, डिष्ट्रिक्ट ३२५ बि १ का डिपार्टमेन्ट चिफ (रक्तदान प्रमुख) बालकृष्ण शर्माले पहिलो रक्तदातालाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

Batas

कार्यक्रममा क्लष्टर २४ का प्रमुख माधवप्रसाद पौडेल, रिजन ४९ का चियर पर्सन पुरुषोत्तम पराजुली, डिस्ट्रिक चियर पर्सन रमेशमान श्रेष्ठले क्लबको आगामी दिनको उज्ज्वल भविष्यको शुभेच्छा राखेका थिए ।

जोन ९७ जोन चियर पर्सन विशाल सुवेदीले सेप्टेम्बर २२ मा स्थापना भएको क्लबले पहिलो कार्यक्रममै उच्च सफलता प्राप्त गरेकोमा क्लब टिमलाई आगामी दिनमा यस्तै क्रियाशीलताको कामना गरे ।

क्लब अध्यक्ष आशीष भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव मोहन अधिकारीले गरेका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.