www.tandavnews.com
Fact ~ In search of truth

पशु चिकित्सक सहित पोखराका थप २६ जनामा संक्रमण

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा पशुपन्छी चिकित्सकसहित २६ जना संक्रमित थपिएका छन् ।

पोखरा वडा नम्बर ३ का १०,१४ का २,१० का २, ७ का २, ११ का २, वडा नम्बर १७,१२,३०,१३,१९,२२ का एक–एक जना र वडा नखुलेका एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

पोखरा महानगरपालिका–१२ का ३६ वर्षीय पुरुष पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, पोखरामा कार्यरत चिकित्सक रहेको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयको अनुसरा पोखरा वडा नम्बर १४ का ५१ वर्षीय पुरुष फेवासिटी अस्पतालमा उपचाररत रहेका छन् भने सोही वडाका २२ वर्षीय पुरुष दुबईबाट आएका हुन् । वडा नम्बर १३ का ३६ वर्षीय महिला, वडा नम्बर १९का ५५ वर्षीय पुरुष, वडा नम्बर १० का ६४ वर्षीय पुरुष भारतबाट आएका हुन् भने अन्य सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।

यस्तै नवलपरासीका एक जनामा पनि संक्रमण पुष्टि भएको छ । प्रदेशमा २७ संक्रमित थपिएका छन्
यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ४२०२ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.