www.tandavnews.com
Fact ~ In search of truth

पोखरा जोगमणीबाट ड्रग्ससहित पाँच युवक पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

लागूऔषध बोकेर हिडिरहेका पाँच युवक पक्राउ परेका छन् ।

लागूऔषध ओसारपसार तथा बिक्रि वितरण भईरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले अस्ति शनिबार(असोज १७ गते) उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Batas

पोखरा महानगरपालिका वडा नम्बर १६ तुम्के स्थित बाटोमा लागूऔषध बोकेर हिडिरहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरिक्षक सुवास हमालले जानकारी दिए ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर १६ जोगमणीका २१ वर्षीय ‘भेजा’ भनिने समिर गुरुङ, सोही स्थानका २१ वर्षे अथित गुरुङ,बाटुलेचौरका २४ वर्षे मोहित खवास, पोखरा महानगरपालिका वडा नम्बर १९ का १८ वर्षीय मनोज वि.क र धादिङ घर भई हाल जोगमणी बस्दैँ आएका ३० वर्षीय कुमार ठकुरी रहेको हमालले जनाए ।

उनीहरुको साथबाट डाईजापाम ७ एम्पुल, फेनेरागन ७ एम्पुल, बुर्फिनफ्रिन ७ एम्पुल, गाँजा १ के.जी २२३ ग्राम बरामद भएको थियो । उनीहरु माथि ७ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको कास्की जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

सम्बन्धीत न्यूज

पोखराका समीर ‘भेजा’ लागु औषधसहित पक्राउ

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.