www.tandavnews.com
Fact ~ In search of truth

कोरोना संक्रमणबाट गण्डकीमा थप दुईको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३६ पुगेको छ ।

Batas

गोरखा र नवलपरासीका दुई संक्रमित महिलाको उपचारको क्रममा निधन भएसँगै प्रदेशमा मृतकको संख्या ३६ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

गोरखा जिल्ला, बारपाक सुलिकोट – ६ निवासी ४५ वर्षीय कोरोना संक्रमित महिलाको बयोधा अस्पताल काठमाडौंमा उपचारको क्रममा असोज १५ गते मृत्यु भएको स्वास्थ्य कार्यालय, गोरखाका प्रमुखले आज निर्देशनालयलाई जानकारी दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । मृतक महिलामा कोरोना संक्रमण सँगसगँै किड्नीको समस्या रहेको जनाइएको छ ।

यस्तै नवलपरासी जिल्ला, कावासोती –५ निवासी ७७ वर्षीय कोरोना संक्रमित महिलाको आज (भदौ २० गते) बिहान ३ बजेर ४५ मिनेटको समयमा चितवन मेडिकल कलेज, चितवनमा आई.सी.यू मा उपचारको क्रममा मृत्यु भएको हो ।

पिसाब तथा स्वासप्रश्वास सम्बन्धि उपचारका लागि भदौ १६ गते अस्पताल भर्ना भएकी उनमा भदौ १८ गते कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यसैबीच प्रदेशमा तनहुँका २ जना र नवलपरासीका २ गरि ४ संक्रमित थपिएका छन् । यो सँगै प्रदेशमा संक्रमितको संख्या ४२४३ पुगेको छ । भने संक्रमणबाट निको हुनेको संख्या ३०४७ रहेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.