www.tandavnews.com
Fact ~ In search of truth

भारतमा कोरोना संक्रमण र मृत्यु संख्या घट्दो क्रममा

काठमाडौं ।

विगत २४ घण्टामा कोभिड–१९ बाट थप संक्रमितको संख्या ६१ हजार २६७ रहेको संघीय स्वास्थ्य मन्त्रालयले मंगलबार जानकारी गराएको छ । भारतमा अहिलेसम्म कूल संक्रमितको संख्या ६६ लाख ८५ हजार ८२ पुगेको मन्त्रालयले जनाएको छ ।

विगत २४ घण्टामा देशभर मृत्यु हुनेको संख्या ८८४ रहेको छ भने अहिलेसम्म कूल एक लाख तीन हजार ५६९ पुगेको सरकारी अधिकारीले पुष्टि गरेका छन् ।

Batas

यो महिना (अक्टोबर)को पहिला पाँच दिनको तथ्यांक हेर्दा भारतमा कोभिड–१९ संक्रमण तथा संक्रमित विरामीको मृत्यु दरमा सामान्य कमी देखिएको छ ।

अक्टोबर १ का दिन ८६ हजार ८२१ व्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको र मृत्यु एक हजार १८१ रहेकोमा अक्टोबर २ मा संक्रमितको संख्या करिब पाँच हजारले कमी आई ८१ हजार ४८४ भएकोे थियो ।

त्यस्तै मृत्यु संख्यामा पनि करिब १०० ले कमी आई एक हजार ९५ मा झरेको थियो । महिनाको तेस्रो दिन संक्रमितको संख्या अघिल्ला दिनको तुलनामा थप कमी आई ७९ हजार ४७६ कायम भएको थियो भने मृत्यु संख्या एक हजार ६९ मा झरेको थियो ।

अक्टोबरमा ४ मा संक्रमितको संख्यामा थप कमी आई ७५ हजार ८२९ र मृतक संख्या ९४० भयो भने अक्टोबर ५ मा संक्रमितको संख्या ७४ हजार ४४२ भयो र ९०३ संक्रमितको मृत्यु भयो ।

भारतमा अहिलेसम्म ५६ लाख ६२ हजार ४९० व्यक्ति कोभिड–१९ संक्रमणमुक्त भइसकेका छन् भने अझै पनि नौ लाख १९ हजारभन्दा बढी व्यक्तिमा संक्रमण रहेको छ ।

भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का अनुसार भारतमा मंगलबारसम्म कूल ८१ लाख ७१ हजार ७९७ व्यक्तिको कोभिड–१९ परीक्षण भएको छ । योमध्ये सोमबार मात्र एक लाख ८९ हजार ४०३ व्यक्तिको कोभिड–९ परीक्षण भएको बताइएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.