www.tandavnews.com
Fact ~ In search of truth

नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघ्यो

पोखरा ।

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९० हजार नाघेको छ ।

आठ सय १४ पुगेको छ । गएको २४ घण्टामा एक हजार पाँच सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसगैँ संक्रमितको संख्या ९० हजार ८ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

Batas

पछिल्लो २४ घण्टामा ११ हजार ४७ जनाको नमुना परीक्षण गर्दा एक हजार पाँच सय ५१ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै गएको २४ घण्टामा दुई हजार तीन सय ४० जना निको भएर फर्किएसँगै डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या ६७ हजार पाँच सय ४२ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा ९ जनाको ज्यान गएको छ । हाल सम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पाँच सय ६३ पुगेको मन्त्रालयले जनाएको छ ।

अब नेपालमा २२ हजार सात सय नौ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार दुई सय २१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.