www.tandavnews.com
Fact ~ In search of truth

नाका बन्द हुँदा भारतमै अड्किए नेपाली व्यापारी

बैतडी ।

नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटका व्यापारीले सीमानाका खोल्नुपर्ने माग गरेका छन् ।

नेपालतर्फका अधिकांश व्यापारीको बसाइ भारतीय बजारमा हुने भएकाले नाका बन्द हुँदा उनीहरु पारि नै अड्किएका छन् । लकडाउन खुले पनि नाका नखुल्दा आफूहरु पारि रहँदा व्यापाररव्यवसाय सञ्चालन गर्न नपाएको उनीहरुको गुनासो छ ।

Batas

नाका नखुल्दा व्यापारी वारि आउन नपाएको झुलाघाट बजार व्यवस्थापन समितिका अध्यक्ष लवदेव जोशीले बताए । ‘नाका बन्द भएपछि वारिका २५ व्यापारी पारी अड्किएका छन् ।’ उनले भने, ‘लामो समयदेखिको लकडाउनले बिक्रीका लागि राखिएको सामान बिग्रिसकेको छ, १र२ दिनका लागि भए पनि सीमापारी अड्किएका व्यापारीलाई वारी आउने वातावारण मिलाइदिन आग्रह छ ।’ आफ्ना समस्याप्रति सरकार गम्भीर नभए आफूहरु अनसन बस्नेसमेत उनीहरुले चेतावनी दिएका छन् ।

यता बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले नाका खुलाउनका लागि सरकारले नै निर्णय गर्नुपर्ने बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय नाका भएकाले पहिला नेपाल सरकारले निर्णय गर्नुपर्ने त्यसपछि २ देशको सहमतिमा नाका खुल्नेछ ।’ नाका खोलिदिन भन्दै सरकारलाई आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

राष्ट्रिय परिचयपत्र विवरण धमाधम संकलन

बैतडीमा राष्ट्रिय परिचयपत्र विवरण संकलनको काम धमाधम भइरहेको छ । राष्ट्रिय परिचयपत्रका लागि हालसम्म ४४ जनाको विवरण संकलन गरिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिएका छन् । जिल्ला प्रशासन कार्यालयमा जारी विवरण संकलन कार्य असोज २ गतेदेखि सुरु भएको थियो । दशरथथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले फोटो खिचेर आफ्नो विवरण दिएर उक्त कार्यको शुभारम्भ गरेका थिए ।

परिचयपत्रका लागि विवरण भर्न सम्बन्धित व्यक्ति स्वयं तथा सक्कलै नागरिकता र बुवाआमाको पनि सक्कलै नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्र पनि सक्कलै लिएर आउनुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राष्ट्रिय परिचयपत्रले व्यक्तिका सबै विवरण बुझाउने हुँदा सबैले पत्र बनाउनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए । ‘लगत संकलन गरेर ल्याएपछि ती विवरणको आधारमा परिचयपत्र बाँडिनेछ ।’ उनले भने, ‘नागरिकता पाएकै दिन परिचयपत्रको लागि आवश्यक विवरणभरि राष्ट्रिय परिचयपत्र विवरण भर्ने व्यवस्था मिलाइएको छ ।’

राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलनको काम भइरहेकाले विवरण संकलन गराउन बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जिल्लावासीलाई आग्रह गरेका छन् । उनले भने, ‘प्रमुख जिल्ला अधिकारी जोशीले बहुउपयोगी प्रमाणपत्रका रूपमा लिइएको परिचयपत्र भएपछि अन्य सरकारी परिचयपत्र साथमा राख्नुपर्ने झन्झट हुँदैन ।’

दश अंकको नम्बर रहेको परिचयपत्रमा नागरिकताको सबै विवरण साथै नागरिकतामा नभएको हजुरबुवाको नाम, आमाको नाम, पति र पत्नीको नाम, हातका सबै औठा छाप, शैक्षिक योग्यता, पेशा, अस्थायी र स्थायी ठेगाना लगायत समेत उल्लेख गर्नुपर्ने हुन्छ ।

यसरी भरेर पठाएको विवरण राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जीकरण विभागवाट राष्ट्रिय परिचयपत्र तयार पारेर जिल्लामा पठाएपछि सम्बन्धित व्यक्तिले पाउनेछन् । पहिलो चरणमा जिल्ला प्रशासनबाट विवरण संकलनको काम जारी रहेको र पछि विस्तारै जिल्लाका १० वटै स्थानीय तहका ८४ वडाबाटै संकलन कार्य सुरु हुने जनाइएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.