www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः बागलुङका २७ आर्मी सहित थपिए ५८ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा ५८ संक्रमित थपिएका छन् । यो समाचार तयार पार्दा सम्म प्रदेशका विभिन्न जिल्लाका गरि ५८ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

 

Batas

संक्रमित हुनेमा बागलुङका ३२, कास्कीका ४,लमजुङका ३, तनहुँका ४, नवलपरासीका १३ र म्याग्दीका २ जना रहेको निर्देशनालयले जनाएको छ ।

बागलुङ वडा २ का २७ पुरुष नेपाल आर्मी रहेका छन भने एक पुरुष नेपाल प्रहरी रहेको जनाइएको छ । लमजुङ राईनाश–७ का २५ वर्षीय पुरुष सहोदर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेका छन् ।

यता तनहुँ ब्यास–१२ का संक्रमित कृषि सामग्री कम्पनी लि.मा र तनहुँ ब्यास नगरपालिकाका ५१ वर्षीय पुरुष स्थानीय स्कुलका शिक्षक रहेको जनाइएको छ । अन्य सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।

प्रदेशमा यो सगैँ संक्रमितको संख्या ४ हजार ३३७ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.