www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरलाई कर्मचारीबाटै ज्ञापनपत्र, चुहावट प्रति आपत्ति

पोखरा,
ताण्डव न्यूज ।

पोखरा महानगरपालिकामा भएको राजस्व चुहावट प्रति आपत्ति जनाउदै महानगरकै कर्मचारी संगठनले सात बुँदे माग सहित ज्ञापनपत्र बुझाएका छन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बराललाई राजस्व हिनामिना गर्ने कर्मचारीलाई कारबाही गर्नुपर्ने माग सहित ज्ञापन पत्र बुझाएका हुन ।स्थानीय तह कर्मचारी युनियन नेपालले नागरिकले तिरेको करको सदुपयोग नभएको र राजस्व अनियमितता भएको समाचार आएको भन्दै सम्बन्धित कर्मचारीलाई छानबिन र कारबाहीको माग गरिएको छ ।

Batas

‘महानगरको मुख्य आम्दानीको स्रोत राजस्व हो । विभिन्न संचार माध्यममा पटकपटक आर्थिक अनियमितता भएको भन्ने समाचार प्रेषित भएपछि राजस्व सदुपयोग नभएकामा महानगरपालिकाप्रति नैराश्य उत्पन्न हुन्छ’, विज्ञप्तिको सातौ बुँदामा उल्लेख गरिएको छ, ‘यसले भविष्यमा राजस्व दाखिला नहुने टड्कारो सम्भावना छ । आर्थिक प्रशासनलाई चुस्त, दुरुस्त र पारदर्शी राखी महानगरप्रति आम नगरबासी गौरवान्वित हुने वातावरण बनाउन अनुरोध छ ।’

युनियनले राजस्व अनियमितताका सम्बन्धमा सत्य, तथ्य, निष्पक्ष छानबिन गरी दोषी उपर कानुन अनुसार कारबाही गर्न समेत माग गरेको छ ।त्यस्तै ‘सम्पूर्ण कर्मचारीको मासिक तलब भत्ता पनि नियमित नभएको र हालै खाईपाई आएको नगरपालिकाका तर्फबाट दिइएको प्रोत्साहन भत्ता र महँगी भत्ता रकम समेत कटौती भएको सन्दर्भमा त्यो भत्ता नघट्ने व्यवस्था गरियोस’, युनियनले माग गरेको छ, ‘अस्थायी, करार, ज्यालादारीका कर्मचारीलाई सामाजिक सुरक्षा कोषको नाउँमा रकम कट्टी गरी दाखिला नभई महानगरमै रहने भन्ने बुझिएकाले यसमा कर्मचारीलाई मर्का नपर्ने गरी कार्यान्वयन गरियोस् ।’

महानगरमा कार्यरत सबै कर्मचारीको सम्मान, सुविधा र सेवामा निरन्तरता र स्थायित्वको माग पनि गरेको छ ।‘स्वेच्छिक एवं अनिवार्य अवकाशप्राप्त कर्मचारीले पाउने बिदा, उपचार खर्चलगायत सुविधा सेवा निवृत्त भएपश्चात तुरुन्त उपलब्ध गराइयोस् । स्वेच्छिक अवकाश लिन चाहने कर्मचारीलाई विशेष प्याकेज व्यवस्था गरियोस’, विज्ञप्तिमा भनिएको छ ।

युनियनले कर्मचारीलाई विना भेदभाव सेवा समूह, श्रेणी, तह, योग्यता र जेष्ठताका आधारमा पदस्थापन गर्न तथा कर्मचारीले पाउने सेवा सुविधा, यातायात तथा इन्धन सुविधा प्रयोगमा स्पष्ट स्वचालित मापदण्ड बनाउन समते माग गरेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.