www.tandavnews.com
Fact ~ In search of truth

१२ वर्षपछि यतीले सुरु गर्‍यो सिमरा उडान

काठमाडौं ।

निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक संस्था यती एयरलाइन्सले आजदेखि राजधानी काठमाडौं नजिकको सिमरा गन्तव्यमा उडान सुरु गरेको छ । कम्पनीले आफ्नो २२ औं वार्षिकोत्सवका अवसरमा घोषणा गरेबमोजिम १२ वर्षपछि बाराको सिमरा विमानस्थलमा उडान सुरु गरेको हो ।

यो यतीको नवौं र प्रदेश नं २ मा दोस्रो गन्तव्य हो । एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले उच्च सर्तकता अपनाएर आजदेखि सिमरा उडान सुरु गरिएको जानकारी दिएका छन् ।

Batas

उनका अनुसार आज नाइन एन एएलएच कल साइन भएको जेटइस्ट्रीम–४१ विमानमार्फत बिहान ९ः१० बजे पहिलो उडान भरेको छ । दोस्रो उडान साँझ ४ः४५ बजे हुनेछ । ‘अब सिमरा नियमितरुपले दैनिक २ उडान हुने छन् र यात्रुको माग भए उडान संख्या थप गर्न सकिनेछ । उच्च सर्तकता अपनाएर उडान सुरु गरेकाले यात्रुलाई ढुक्क भएर यात्रा गर्न अनुरोध छ ।’ प्रवक्ता बर्तौलाले भने ।

आज पहिलो दिन काठमाडौं–सिमरा–काठमाडौं उडान गर्ने यात्रुमध्ये गोलाप्रथामार्फत १ जनालाई निःशुल्क हवाई टिकट उपलब्ध गराइनेसमेत उनले जानकारी दिएका छन् । यतीले हालका लागि प्रमोसनल भाडा काठमाडौं–सिमरा–काठमाडौंको एकतर्फी १ हजार ९ सय ९९ तोकेको छ । यी गन्तव्यको टिकट एयरलाइन्सका सेल्स अफिस तथा मोबाइल एप्स तथा नजिकको ट्राभल एजेन्सी तथा अनलाइनमार्फत लिन सकिनेछ ।

केही दिनअघि आन्तरिक पर्यटन प्रवद्र्धनका लागि भन्दै विभिन्न गन्तव्यका लागि न्यूनतम मूल्यका आकर्षक भ्रमण प्याकेज ल्याएको यतीले हाल ट्राभल एजेन्सी र मोबाइल एप्समार्फत टिकट खरिद गर्दा आकर्षक उपहार प्राप्त गर्न सकिने योजनासमेत अघि सारेको छ ।

विसं २०५५ देखि सेवा प्रारम्भ गरेको यतीले हाल एटिआर–७२ पाँच, जेटस्ट्रिम–४१ पाँच र भगिनी संस्था तारा एअरका ट्वीनवटर विमान ४ गरी १४ जहाज सञ्चालनमा रहेका छन् । यती एअरलाइन्सले हाल पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा र तुम्लिङटारका साथै काठमाडौं र पोखराबाट पर्वतीय उडान गर्दै आएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.